Skip to main content

Posts

Showing posts from October, 2018

घर निर्माण गर्दा ध्यान दिनुपर्ने कुरा

कुनै पनि घर बनाउनुपूर्व जग्गा र माटोको परीक्षणपछि नै घरको डिजाइन कस्तो बनाउने भन्ने हुन्छ । खासगरी घरको डिजाइन दुई किसिमको हुन्छ । एक आर्किटेक्चरल र अर्काे स्ट्रक्चरल डिजाइन । आर्किटेक्चरल डिजाइनमा घरको बनोट, कोठा, भान्साकोठा, बाथरुमको ढाँचा, झ्याल–ढोका कस्तो राख्ने र कहाँ राख्ने आदि कुरा पर्छन् । त्यस्तै जग कति फिटको हाल्ने, पिल्लर कत्तिको मोटाइको हाल्ने, गाह्रो कसरी लगाउने, कस्तो रिङ प्रयोग गर्ने, रडको मोटाइ कति राख्ने, बालुवा र सिमेन्ट कस्तो प्रयोग गर्नेजस्ता कुरालाई स्ट्रक्चरल डिजाइन भनिन्छ । आवासीय घरमा १२/१२ इन्चको पिल्लर राख्ने हो भने जम्मा तीन तलासम्मको घर बनाउनुपर्छ । १२/१२ को पिल्लरमा ५/६ तल्लासम्मको घर बनाउँदा जोखिम वृद्धि हुन्छ । कंक्रिटको घर निर्माण गर्दा ध्यान दिनुपर्ने अर्को महत्वपूर्ण कुरा भुइँतल्ला खुला गरेर माथिल्लो तल्लामा मात्र ठूलो गाह्रो लगाउनु हो । यसो गर्दा माथिल्लो तलाको भार बढी भै घर धरापमा पर्न सक्छ । त्यसैले घर बनाउँदा सकेसम्म भार कम हुने गरी बनाउनुपर्छ । भुइँतल्लामा पसल, शोरुम, गोदाम, रेस्टुराँ, गाडी पार्किङ अथवा गाडी छिर्ने गरी घरभित्र बनाए...